Kathmandu Press

काठमाडाैंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिका बनाइनेछ : सिर्जना सिंह

काठमाडौं, वैशाख १८ : काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने दाबी...
काठमाडाैंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिका बनाइनेछ : सिर्जना सिंह

काठमाडौं, वैशाख १८ : काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने दाबी गरेकी छन्।

नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले काठमाडौंमा काम गर्न आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाका रुपमा स्थापित गर्ने बताएकी हुन्।

महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउँदै जनताका लागि काम गर्ने उनको भनाइ छ। त्यस्तै उनले काठमाडौंलाई हरियाली शहर बनाउने प्रतिबद्धता जनाइन् भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन्।

कार्यक्रममा नेविसंघका नेता मनोज बैद्यले महानगरको रुपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिइन्। उनले महानगरमा अव देखिने गरि बिकास हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्