एमाले श्रमिकको पक्षमा बोल्ने पार्टी हाे : ओली
काठमाडौं, वैशाख १८ : एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक नरहेको बताएका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...
काठमाडौं, वैशाख १८ : एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक नरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रममा ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएको भन्दै उनीहरुको चर्चा गर्नु आवश्यक नै नरहेको बताएका हुन्।
उनले चर्चा गर्न आवश्यक नरहेको व्यक्तिलाई नभई एमालेका प्रतिनिधिहरुलाई विजयी गराउन आह्वान गरे।
यसअघि पनि सफा काठमाडौंको अवधारणा र विकासको काम एमाले नै सुरु गरेको भन्दै अब महानगरपालिकालाई समृद्ध बनाउने काम पनि एमालेले नै गर्ने उनले बताए।
ओलीले श्रमिकको पक्षमा बोल्ने एमाले पार्टी भएकाले कुनै समस्या भए स्पष्ट भन्न आग्रह गरे।
अध्यक्ष ओलीले पार्टीको स्थानीय तहको घोषणापत्रका साथ जनतामाझ जान पनि कार्यकर्तालाई निर्देशन दिए।











