Kathmandu Press

नेपालले दियो जिम्बाबे एलाई १८२ रनको लक्ष्य

काठमाडाैं, वैशाख १८ : युवा ब्याट्सम्यान अदिल अन्सारीले विस्फोटक ब्याटिङ गरेपछि नोपलले टेस्ट राष्ट्र जिम्बाबे एलाई १८२ रनको ठूलो लक्ष्य दिएको छ।कीर्तिपुरस्थित टियु...
नेपालले दियो जिम्बाबे एलाई १८२ रनको लक्ष्य

काठमाडाैं, वैशाख १८ : युवा ब्याट्सम्यान अदिल अन्सारीले विस्फोटक ब्याटिङ गरेपछि नोपलले टेस्ट राष्ट्र जिम्बाबे एलाई १८२ रनको ठूलो लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु पहिला ब्याटिङ गरेको नेपालले निर्धातिर ओभरमा १५ विकेट गुमाउँदै १८१ रन बनायो।

नेपालका लागि अदिल आलमले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए। ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौका मद्दतमा ४६ रन बनाए।

यस्तै रोहितकुमार पौडेलले २६ बलमा ३६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे।जिम्बावेका ब्राड इभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले समान १ विकेट लिए।

विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले जिम्बाबे एसँग समान तीन खेलको एकदिवसीय र टि–२० सिरिज खेलिरहेको छ।

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्