Kathmandu Press

नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारकाे निर्णय

आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो।
नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारकाे निर्णय

काठमाडौं, वैशाख १८ : सरकारले नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ।

आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आइजिपी बनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी  दिए।

त्यसैगरी बैठकले सशस्त्र प्रहरी बलमा राजु अर्याललाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको पनि उनले बताए। 

नयाँ आईजिपीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृषणा खाणलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गरेका थिए।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आज (आइतबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्। दुई महानिरीक्षकको सेवा अवधि समाप्त भएपछि सरकारले नेपाल प्रहरी सिंह र सशस्त्रमा अर्याललाई आइजिपी बनाउने निर्णय गरेकाे हो। 

नेपाल प्रहरीमा धिरज प्रताप सिंहका अलावा विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक आइजिपीका दाबेदार थिए।आइजिपी नियुक्त सिंह केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए 

सशस्त्रमा भने अर्याल आइजिपीका एकल दाबेदार हुन्। उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआइजीमा बढुवा गरेको थियो।

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्