Kathmandu Press

तालमेल नभएका ठाउँमा पनि मिलेर चुनाव लड्न गठबन्धनको निर्देशन 

काठमाडौं, वैशाख १८ : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धनको मर्म र भावनाअनुसार काम गर्न आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ। स्थानीय तह...
तालमेल नभएका ठाउँमा पनि मिलेर चुनाव लड्न गठबन्धनको निर्देशन 

काठमाडौं, वैशाख १८ : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धनको मर्म र भावनाअनुसार काम गर्न आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ। 

स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकले गठबन्धन नभएका स्थानीय तहमा पनि समझदारी अनुसार एकता कायम गर्दै सक्रियपूर्वक जिम्मेवारी निर्वाह गर्न केन्द्रबाट निर्देशन दिने निर्णय गरेको हो । 

बैठकको निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने।’

बैठकले उक्त निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्