Kathmandu Press

नयाँ आईजिपी नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, वैशाख १८ : नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि...
नयाँ आईजिपी नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, वैशाख १८ : नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागिएको हो।

नयाँ आईजिपीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकासमा जाँदै छन्। दुई महानिरीक्षकको सेवा अवधि समाप्त भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो। 

सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै छन् ।

नेपाल प्रहरीमा भने विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक आईजीपीका दाबेदार हुन् ।

प्रकाशित मिति: ११:१२ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्