Kathmandu Press

राष्ट्रको  अभिभारा हामी पूरा गर्छौं : ओली

काठमाडौं, वैशाख १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न  निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी  गरेका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा...
राष्ट्रको  अभिभारा हामी पूरा गर्छौं : ओली

काठमाडौं, वैशाख १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न  निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी  गरेका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद  निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्रको अभिभारा पूरा गर्ने बताए। 

सन्देशमा  उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरेका छन्। सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको जनाएका छन्। 

नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र सङ्घर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको उनले सन्देशमा उल्लेख गरेका छन्। 

‘कोभिड–१९ महामारीका बेला सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको आयमा कमी नआओस् भनेर प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था ग¥यो,’ उनले भनेका छन्, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षा गर्न सहयोग ग¥र्यो।’ 

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्