Kathmandu Press

महानगर मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउने

काठमाडौं, वैशाख १८ : स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरका उम्मेदवारले साढे सात लाख मात्रै खर्च गर्न पाउने भएका छन्।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा...
महानगर मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउने

काठमाडौं, वैशाख १८ : स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरका उम्मेदवारले साढे सात लाख मात्रै खर्च गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ। आयोगले ईबुलेटिनमार्फत सूचना प्रकाशित गरी उम्मेदवारले गर्न पाउने खर्चको हदबारे सचेत गराएको छ।

आयोगका अनुसार, महानगर मेयर र उपमेयरका उम्मेदवारले साढे सात लाखसम्म खर्च गर्न पाउनेछन्। त्यस्तै, महानगरका वडाध्यक्ष, वडा सदस्य र दलित महिला सदस्यले तीन लाखसम्म मात्रै खर्च गर्न पाउनेछन्।

यसैगरी, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे पाँच लाखसम्म खर्च गर्न पाउनेछन्। वडाध्यक्ष र सदस्यहरुले दुई लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्।

नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई साढे चार लाखसम्म खर्च गर्ने छुट दिइएको छ। त्यस्तै, वडाध्यक्ष र सदस्यहरुले दुई लाखसम्म खर्च गर्न पाउनेछन्।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने व्यवस्था छ। वडाध्यक्ष र सदस्यका उम्मेदवारले भने एक लाख ५० हजार मात्रै खर्च गर्न पाउनेछन्।

 

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्