Kathmandu Press

कांग्रेसले सातै प्रदेशमा चुनावी आमसभा गर्ने

काठमाडौं, वैशाख १८ : सत्तारूढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा आमसभा गर्ने भएको छ।कांग्रेसले आगामी वैशाख ३० गते हुन...
कांग्रेसले सातै प्रदेशमा चुनावी आमसभा गर्ने

काठमाडौं, वैशाख १८ : सत्तारूढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा आमसभा गर्ने भएको छ।

कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा आमसभा गर्ने भएको हो। कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

यही वैशाख २१ गते प्रदेश १ को मोरङ, वैशाख २२ गते मधेश प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौं, वैशाख २४ गते गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा आमसभा गर्न लागेको हो।

सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताए।

प्रकाशित मिति: ०७:०२ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्