Kathmandu Press

एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

काठमाडाैं, बैशाख १७ : नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको...
एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

काठमाडाैं, बैशाख १७ : नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ।

एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए।

यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन्। स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछ।

प्रकाशित मिति: २०:४५ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्