Kathmandu Press

झापाका दुई सदस्य निर्विरोध निर्वाचित

झापा, बैशाख १७ : झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएकी मेचीनगर...
झापाका दुई सदस्य निर्विरोध निर्वाचित

झापा, बैशाख १७ : झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित भएका छन। उनी दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए।

दलित महिला सदस्य निर्विरोध

दमौली– तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन। देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएका हुन।

उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए। उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका थिए। एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताए।

प्रकाशित मिति: २०:४० बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्