Kathmandu Press

मंगलबार हेटाैंडामा एमालेकाे आमसभा, ओलीले सम्बाेधन गर्ने

काठमाडाैं, बैशाख १७ : आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्ने भएकाे छ। आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।स्थानीय तह...
मंगलबार हेटाैंडामा एमालेकाे आमसभा, ओलीले सम्बाेधन गर्ने

काठमाडाैं, बैशाख १७ : आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्ने भएकाे छ। आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन्। आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्