Kathmandu Press

८ हजारकाे उम्मेदवारी फिर्ता, स्वतन्त्रलाई चुनाव चिह्न वितरण : निर्वाचन आयोग

निर्वाचन आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आायेगका प्रवक्ता...
८ हजारकाे उम्मेदवारी फिर्ता, स्वतन्त्रलाई चुनाव चिह्न वितरण : निर्वाचन आयोग

काठमाडाैं, वैशाख १७ : निर्वाचन आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।

शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आायेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको उहाको भनाइ छ। राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको छ।

यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ भने स्वतन्त्र उम्मेदवारका लागि भ्यागुतो, गुलावको फूल, भुइकटहरदेखि खसीको टाउको लौरी जस्ता निर्वाचन चिन्ह प्रदान गरिएको छ।

निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी परेकोमा ८ हजार उम्मेद्वारले नाम फिर्ता लिएको पनि आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।  

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि बैंशाख ३० गते निर्वाचन हुँदैछ। 

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्