बुद्ध एयरको विमान ठुलो दुर्घटनाबाट जोगियाे
बुटवल, वैशाख १७ : बुद्ध एयरको एउटा विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शनिबार) दिउँसो काठमाडौं उड्नुअघि बुद्ध एयरको जहाजको...
बुटवल, वैशाख १७ : बुद्ध एयरको एउटा विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शनिबार) दिउँसो काठमाडौं उड्नुअघि बुद्ध एयरको जहाजको अगाडिको टायर जहाज धावनमार्गमा गुड्ने क्रममा पन्चर भएको हो।
विमानस्थल स्रोतका अनुसार कार्यरत प्रहरीका अनुसार विमान उड्ने तयारीमा रहेका बेला अगाडिको टायर पन्चर भएको हो।
उक्त जहाजमा चालक दलका सदस्यसहित ७० जना थिए। अहिले टायर पन्चर भएको जहाज धावनमार्गमै रहेकाले त्यहाँको उडान र अवतरण अवरुद्ध भएको छ।
उड्नुपर्ने जहाज उड्न सकेको छैन भने त्यहाँ अवतरण हुने जहाजलाई पनि अन्यत्र विमानस्थलतर्फ डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ।
विमानका यात्रुहरू सकुशल रहेको विमानस्थलले जनाएको छ।
प्रकाशित मिति: १५:२७ बजे, शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











