चुनावी प्रचार अभियान मैत्रीपूर्ण ढंगले अगाडि बढाउन महामन्त्री शर्माकाे आग्रह
काठमाडाैं, वैशाख १७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन आग्रह गरेका छन् ।चुनावी प्रतिस्पर्धामा स्वस्थ...
काठमाडाैं, वैशाख १७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन आग्रह गरेका छन्।
चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव अघि सार्दै महामन्त्री शर्माले सवै दलहरु निर्वाचनमा सहभागी भएका बेला चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन आग्रह गर्नुभएको हो।
हरेक दलले बिगतमा गरेका गल्ती गरेका कमी कमजोरीका बारेमा जनतासमक्ष आत्मालोचना गर्नुपर्ने र यसलाई नहोहराउने प्रतिवद्धता जनाउनुपर्ने उनले बताए।
त्यस्तै उनले आपसमा गाली नगरि स्वस्थ र तथ्यपूर्ण आलोचना गर्न तथा निर्वाचनलाई स्वास्थ बनाउनका लागि सहकार्य गर्न आह्वान गर्नुभएको छ। शर्माले आचारसंहिताको पूर्ण पालना गर्न र अरुलाई पनि पालनाका लागि प्रेरित गर्न आग्रह गरे।
उनले मतगणनामा जिम्मेवार बन्न र मत परिणामलाई हार्दिक ढंगले स्वीकार गर्न पनि आग्रह गरे।












