पोखरा मेयरका स्वतन्त्र उम्मेदवार कार्कीलाई चुनाव चिह्न लालटिन
पोखरा, वैशाख १७ : पोखरा महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार विमलबहादुर कार्कीले चुनाव चिह्न लालटिन पाएका छन्। सत्तारुढ गठबन्धनको भागबन्डा अनुसार पोखरा मेयर नेकपा एकीकृत समाजवादीले...
पोखरा, वैशाख १७ : पोखरा महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार विमलबहादुर कार्कीले चुनाव चिह्न लालटिन पाएका छन्।
सत्तारुढ गठबन्धनको भागबन्डा अनुसार पोखरा मेयर नेकपा एकीकृत समाजवादीले पाएपछि कांग्रेस नेता कार्कीले गठबन्धन निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पार्टीको आग्रह र चेतावनीलाई बेवास्ता गर्दै निर्वाचन आयोगले मनोनयन फिर्ताका लागि छुट्याएको समय सकिएसँगै उनको उम्मेदवार कायम भएको थियो।
उनीसँगै कांग्रेसका अन्य दुई नेता नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उम्मेदवारी दिए पनि शुक्रबार फिर्ता लिएका थिए। तर पटकपटक अनुरोध गर्दा पनि कार्कीले भने फिर्ता नलिएपछि उनी पार्टी कारबाहीमा समेत परेका छन्।
अटेरी समूहबाट मेयर तथा वडाध्यक्षमा उठेका उम्मेदवारहरूलाई आयोगले लौरो चिह्न दिएको छ।
प्रकाशित मिति: १४:५५ बजे, शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











