पोखराका अटेरीलाई लौरो!
पोखरा, वैशाख १७ : आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न दिने क्रम जारी छ।यसैक्रममा पोखरा महानगरपालिकामा...
पोखरा, वैशाख १७ : आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न दिने क्रम जारी छ।
यसैक्रममा पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडाध्यक्षका प्रत्यासीलाई चुनाव चिह्न लौरो प्रदान गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले शनिबार निर्वाचन आयोगले अटेरी समूहबाट मेयर उम्मेदवार गणेश पौडेल र सोही समूहबाट वडाध्यक्षमा उठेकाहरूलाई लौरो चुनाव चिन्ह प्रदान गरेको हो।
काठमाडौं महानगर मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले पनि चुनाव चिन्ह लौरो नै पाएका छन्।
प्रकाशित मिति: १३:५९ बजे, शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











