Kathmandu Press

लोकतन्त्र जाेगाएर मुलुकलाई विकासको बाटोमा डाेर्‍याउन गठबन्धन आवश्यक : पाैडेल

काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाई मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सत्तारुढ दलहरूबीचको गठबन्धन आवश्यक...
लोकतन्त्र जाेगाएर मुलुकलाई विकासको बाटोमा डाेर्‍याउन गठबन्धन आवश्यक : पाैडेल

काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाई मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सत्तारुढ दलहरूबीचको गठबन्धन आवश्यक रहेकाले निरन्तरता दिइएकाे बताएका छन्।

तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले कांग्रेस नेतृत्वमा परिवर्तनका पक्षधर शक्तिहरूबीचको अहिलेको गठबन्धन राजनीतिलाई स्थायित्व दिएर मुलुकलाई विकासको मार्गमा डोर्‍याउने उद्देश्यले बनेको स्पष्ट पारे।  

स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन भने पुरातनवादी र प्रतिगामी भएको जिकिर उनले गरे। नेता पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताए।

गठबन्धन र कांग्रेसको नीति र रणनीतिबारे कुनै भ्रममा नपर्न र जनतासामु स्पष्ट रूपमा कुरा राख्न उनले नेताकार्यकर्तालाई आग्रह गरे। नेता पौडेलले कांग्रेसले कम्युनिष्टहरूले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए।

प्रकाशित मिति: १२:५० बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्