Kathmandu Press

अझै केही दिन वर्षा हुने

काठमाडाैं, वैशाख १७ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै केही दिन वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको...
अझै केही दिन वर्षा हुने

काठमाडाैं, वैशाख १७ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै केही दिन वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ। 

उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए। अहिले  प्रदेश १, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक÷दुई दिन वर्षा हुने मौसमविदवासीले बताए। राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। उपत्यकाको आकाश पूर्ण बदली रहेको छ।

प्रकाशित मिति: १२:१५ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्