Kathmandu Press

नेपाल र जिम्बाबे 'ए' बीचको खेल स्थगित, खेल पुनः हुने

काठमाडाैं, वैशाख १७ : नेपाल र टेस्ट रास्ट्र जिम्बाबे 'ए' बीचको खेल स्थागित भएको छ।तीन खेलको एकदिवसीय सिरिजअन्तर्गतको आज हुने भनिएको पहिलो खेल...
नेपाल र जिम्बाबे 'ए' बीचको खेल स्थगित, खेल पुनः हुने

काठमाडाैं, वैशाख १७ : नेपाल र टेस्ट रास्ट्र जिम्बाबे 'ए' बीचको खेल स्थागित भएको छ।

तीन खेलको एकदिवसीय सिरिजअन्तर्गतको आज हुने भनिएको पहिलो खेल वर्षका कारण स्थगित भएको हो। शुक्रबार रातिदेखि नै परेको वर्षाका कारण खेल टस नै नभइ स्थगित भएको हो । स्थगित खेल रिजर्भ डेमा खेलाइने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय टिमले जिम्बाबे एसँग समान तीन खेलको एकदिवसीय र टि–२० सिरिज खेल्न लागेको हो।

एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । टि–२० सिरिज वैशाख २३ देखि २६ सम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।

प्रकाशित मिति: १२:०९ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्