Kathmandu Press

वडाध्यक्ष उम्मेदवारको निधन भएपछि कपिलवस्तुको बुद्धभूमिमा निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं, वैशाख १७ : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तहमा आज (शनिबार) का लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।बुद्धभूमि–८ का वडाध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको निधन भएपछि...
वडाध्यक्ष उम्मेदवारको निधन भएपछि कपिलवस्तुको बुद्धभूमिमा निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं, वैशाख १७ : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तहमा आज (शनिबार) का लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।

बुद्धभूमि–८ का वडाध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमालेबाट उम्मेदवार बनेका ४१ वर्षीय तिवारीको शुक्रबार निधन भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले शनिबारका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए।

निर्वाचन आयोगले सो नगरपालिकाका लागि नयाँ कार्यक्रम बनाएर  काम अघि बढाउने बताइएको छ। अब सो वडामा एमालेबाट अर्को व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था हुने बताइएको छ। तर त्यहाँको निर्वाचन भने नसर्ने अर्थात् वैशाख ३० मै हुने जनाइएको छ।

तिवारीमा मुटुसम्बन्धी समस्या थियो। मनोनयन दर्तापछि उपचारका लागि भारतको लखनउ गएका उनको उतै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

प्रकाशित मिति: ११:५८ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्