म्याग्दीका ४१ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
म्याग्दी, वैशाख १७ : आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।म्याग्दीका छवटा स्थानीय तह...
म्याग्दी, वैशाख १७ : आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि ७५९ जनाले मनोनयन दर्ता गराएकोमा ४१ ले जनाले उम्मेदवारी फिर्ता लिउको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।
अध्यक्ष÷प्रमुखमा तीन, उपाध्यक्ष÷उपप्रमुखमा पाँच, वडा अध्यक्षमा ११, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा चार र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा पाँच, मङ्गला गाउँपालिकामा सात र रघुगङ्गा गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैले पनि उम्मेदवारी फिर्ता गरेनन् । जिल्लाभर पालिका अध्यक्ष÷प्रमुखमा २९, उपाध्यक्ष÷उपप्रमुखमा २३, वडाध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ ।
धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी बेनी नगरपालिकामा माओवादीले नगरप्रमुख र कांग्रेसले उपप्रमुखको उम्मेदवारी फिर्ता गरेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले धवलागिरी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा दर्ता गराएको उम्मेदवारी फिर्ता गरेको छ ।
बेनीको मेयरको उम्मेदवारबाट माओवादीका धनलाल जैसी र नेकपा एकीकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन फिर्ता लिएका छन् भने उपमेयरमा नेपाली कांग्रेसका अमृतदेवी बानिया र नेकपा एकीकृत समाजवादीकी मुना बानियाले फिर्ता लिएका छन्।
यस्तै, मङ्गलामा एकीकृत माजवादीका अध्यक्षका रुद्र किसान, उपाध्यक्षका कल्पना सापकोटा, नेशनल मङ्गोल अर्गनाजेशनका उपाध्यक्षकी भूमि पुन, बेनपा ८ को वडाध्यक्षमा राप्रपाका झलप्रसाद गौचन, बेनपा ७ मा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठलगायतले मनोनयन फिर्ता लिएका छन्।











