धनुषामा १०९ को उम्मेदवारी फिर्ता
काठमाडाैं, वैशाख १७ : आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । वैशाख ३० गते...
धनुषा, वैशाख १७ : आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका वडाध्यक्षमा ११, एक वडासदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुखमा उम्मेदवारी दिएका हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएका छन्।
मिथिलाकै विभिन्न वडामा अध्यक्षमा उम्मेदवारी दिएका पाँच र वडासदस्यका चार उम्मेदवारले वपन उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक त्रितालले जानकारी दिए। उनकाअनुसार धनुषाधाम नगरपालिकामा एक उपप्रमुखका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिइएकी मेनकाकुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
धनुषाको बटेश्वर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी र्दिएका खगेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी पनि उम्मेदवारी फिर्ता लिएका छन्।
धनौजी गाउँपालिकामा समेत अध्यक्षमा उम्मेदवरी दिएका लक्ष्मण मण्डल तथा दुईजना वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। विदेह नगरपालिकामा दुई वडाध्यक्षका उम्मेदवारसहित पाँच, हंसपुर नगरपालिकामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन्।
यसैगरी सबैला नगरपालिकामा ६ वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिए। धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेको छ ।











