Kathmandu Press

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं, वैशाख १७ : स्थानीय तहको निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।स्थानीय तहको निर्वाचनका लािग उम्मेदवारी दर्ता...
उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं, वैशाख १७ : स्थानीय तहको निर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।

स्थानीय तहको निर्वाचनका लािग उम्मेदवारी दर्ता गरेका उम्मेदवारको शुक्रबार अन्तिम नामावली प्रकाशन गरिएको छ। उनीहरुलाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

राजनीतिक दलबाट उठेका उम्मेदवारलाई दलकै चुनाव चिह्न प्रदान गरिनेछ। त्यस्तै, स्वतन्त्र उम्मेदवारलाई उनीहरुले रोजेको चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ। तर, स्वतन्त्र उम्मेदवारले मतपत्रमा भएका चुनाव चिह्न रोज्नुपर्नेछ।

आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएको थियो। त्यसपछि वैशाख १३ गते उम्मेदवारमाथि उजुरी आह्वान गरेको थियो।

वैशाख १४ र १५ गते उजुरीमाथि जाँचबुझ गरेको छ। वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय दिएको थियो। त्यसमा शुक्रबार करीब चार हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

अब आज चुनाव चिह्न प्राप्त गरेसँगै चुनावी प्रचार जोडतोडका साथ चल्नेछ। वैशाख ३० गते मतदान हुनेछ।

प्रकाशित मिति: ०७:३० बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्