Kathmandu Press

एकदिवसीय सिरिजका नेपाली टिम घोषणा

काठमाडाैं, बैशाख १६ : आसन्न एकदिसीय सिरिजका नेपाल मुख्य प्रशिक्षक पुबुदु दसानायकेले राष्ट्रिय टिमको घोषणा गरेका छन्। जिम्बावे एसँगको एकदिवसीय सिरिजका दसानायकेले शुक्रबार...
एकदिवसीय सिरिजका नेपाली टिम घोषणा

काठमाडाैं, बैशाख १६ : आसन्न एकदिसीय सिरिजका नेपाल मुख्य प्रशिक्षक पुबुदु दसानायकेले राष्ट्रिय टिमको घोषणा गरेका छन्। जिम्बावे एसँगको एकदिवसीय सिरिजका दसानायकेले शुक्रबार १६ सदस्यीय टिम घोषणा गरेका हुन्।

नेपाली राष्ट्रिय टिममा सुसन भारी, विनोद भण्डारी, सुनील धमला र किशोर महतोले पुनरामगन गरेका छन्। यस्तै, प्रशिक्षक दसानायकेले युवा अलराउन्डर आदिल अन्सारीले पहिलो पटक एकदिवसीय टिममा राखेका छन्। गत महिना भएको त्रिकोणात्मक टि–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि दसानायकेले अन्सारीलाई एकदिवसीय टिममा मौका दिएका हुन्।

एकदिवसीय सिरिज शनिबारदेखि सुरू हुँदैछ। दोस्रो खेल १९ र तेस्रो खेल २१ गते हुनेछ। त्यसलगत्तै नेपालले टि–२० सिरिज पनि खेल्ने छ।

नेपाली टिम

नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ सेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम शोव, किशोर महतो, सुनील धमला, सुसनी भारी, आदिल अन्सारी रहेका छन्।

प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्