४३ जिल्लामा मतपत्र ढुवानी
काठमाडाैं, बैशाख १६ : निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ। काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व...
काठमाडाैं, बैशाख १६ : निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ। काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालले जानकारी दिए।
मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ। निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो। हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ।
प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











