'मुखमा बहुदलीय जनवाद र बगलीमा स्टालिनवाद बोकेर समृद्धि आउँदैन'
काठमाडौ., वैशाख १६ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक संस्कृतिलाई बुझ्न मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।शुक्रबार...
काठमाडौं, वैशाख १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक संस्कृतिलाई बुझ्न मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा चूनावी गीत तथा प्रचारप्रसार सामग्री सार्वजनिक कार्यक्रममा शर्माले अराजनीतिक ढंगले ओलीले कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति टिप्पणी गरेको भन्दै मदन भण्डारीबाट केही सिक्न सुझाव दिनुभएको हो।
मुखमा बहुदलीय जनवाद र बगलीमा स्टालिनवाद बोकेर देशको समृद्धि हासिल गर्न नसक्ने उनले बताए।
शर्माले निर्वाचनमा सवै दलले लोकतान्त्रिक संस्कृति देखाउनुपर्ने धारणा राखे। शर्माले प्रचार अभियानलाई आवेगका साथ नभई संयमका साथ अघि बढाउन आग्रह गरे।
शर्माले कांग्रेसले सक्ने काम मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै घोषणापत्रलाई जनतामाझ लैजान निर्देशन दिए।
प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











