Kathmandu Press

भरतपुर मेयर उम्मेदवारी फिर्ता लिन कांग्रेस नेता पौडेलद्वारा अस्वीकार

काठमाडाैं, वैशाख १६ : भरतपुर महानगर मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम हुने भएको छ।निर्वाचन आयोगले उम्मदेवारी फिर्ताका लागि...
भरतपुर मेयर उम्मेदवारी फिर्ता लिन कांग्रेस नेता पौडेलद्वारा अस्वीकार

काठमाडाैं, वैशाख १६ : भरतपुर महानगर मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम हुने भएको छ।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ताका लागि दिएको आज (शुक्रबार) साँझ ५ बजेसम्मको समय गुज्रिएपछि उनको उम्मेदवारी कायम हुने भएको हो।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूले दबाब दिए पनि पूर्वसांसदसमेत रहेका पौडेलले मनोनयन फिर्ता लिन अस्वीकार गरेका हुन्।

उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेश श्रेष्ठ चितवनमै पुगेर प्रयास गरेका थिए। पौडेलले अब कुनै हालतमा निर्णयबाट पछि फर्कन नसक्ने बताएका थिए।

पौडेलले सयौं कांग्रेस कार्यकर्ताको साथमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भरतपुर महानगर मेयरका लागि उम्मेदवारी दिएका थिए।

कांग्रेसले बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने चेतावनी दिए पनि उनी उम्मेदवारी फिर्ता गर्न तयार भएनन्।

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्