Kathmandu Press

प्रमुख र उपप्रमुखमा पुरुष उठाउने दलकाे उम्मेदवारी बदर

काठमाडाैं, वैशाख १६ : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको...
प्रमुख र उपप्रमुखमा पुरुष उठाउने दलकाे उम्मेदवारी बदर

काठमाडाैं, वैशाख १६ : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन्।

आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका अभिमुखीकरण कार्यक्रममा थपलियाले कानुनमा स्पष्ट रुपमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था भएपनि ऐनको दफालाई नजरअन्दाज गरेर दिएको उम्मेद्वारी भएकाले दुवै उम्मेदवारी बदर गरिएको बताएका हुन्।

उनले कम्तीमा एक तिहाई महिलाको उम्मेदवारी दिन भनिएकोमा यसपटक २०७४ सालको भन्दा पनि घटाएर महिला उम्मेदवार उठाइएको बताए।

कतिपय प्रावधानप्रति आयोगको आयोचना भइरहे पनि आगामी दिनमा अझै कठोर रुपमा अघि बढ्नुपर्ने उनले बताए। थपलियाले आचारसंहित पूणरुपमा कार्यान्वयन गराउनका लागि आयोग प्रतिवद्ध रहेको धारणा राखे।

निर्वाचनमा हुने पर्यवेक्षण निकै महत्वपूर्ण हुने भन्दै उहाले आगामी दिनमा कानुन बनाउन पनि पर्यवेक्षण प्रतिवेदन उपयोगी हुने जिकिर गरे।

त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन पर्यवेक्षकले स्वनिगरानीदेखि मतदाता, उम्मेदवारका साथै आयोगको कामको पनि निगरानी गर्नुपर्ने बताए। 

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले निर्वाचनलाई स्वच्छ बनाउन मतदातादेखि राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्