Kathmandu Press

एकीकृत समाजवादीबाट ३५ उम्मेदवार निर्विरोध भइसकेको नेपालकाे दाबी

काठमाडाैं, वैशाख १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झन्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन्।शुक्रबार काठमाडौंमा आयोजित...
एकीकृत समाजवादीबाट ३५ उम्मेदवार निर्विरोध भइसकेको नेपालकाे दाबी

काठमाडाैं, वैशाख १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झन्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका केही सदस्यहरु गरि झन्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका हुन्।

अध्यक्ष नेपालले यस्तै बिजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको बिजय सुनिश्चित रहेको उनले बताए।

अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सवै तयार हुनुपर्ने जिकिर गरे। उहाले उम्मेदवार चयनका बिषयमा देखिएका बिषयमा गठबन्धनभित्र समिक्षा हुने पनि बताए।

कार्यक्रममा नेकपा एककिृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्