Kathmandu Press

मतभेद भए पनि अब सबैले पार्टी निर्णयअनुसार अघि बढ्नुपर्छ : महामन्त्री थापा

काठमाडाैं, वैशाख १६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जेजस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णयअनुसार सबै अघि बढ्नुपर्ने...
मतभेद भए पनि अब सबैले पार्टी निर्णयअनुसार अघि बढ्नुपर्छ : महामन्त्री थापा

काठमाडाैं, वैशाख १६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जेजस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णयअनुसार सबै अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस, मतभेद हुनु स्वाभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका हुन्।

तालमेलका विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनको भनाइ छ। उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए।

थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे।

 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्