Kathmandu Press

बागी उम्मेदवारी फिर्ता नगर्ने पौडेलेको अडान कायमै, खाण र श्रेष्ठ काठमाडौं फर्किए 

काठमाडौं, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरका लागि बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर चितवन पुगेका गृहमन्त्री...
बागी उम्मेदवारी फिर्ता नगर्ने पौडेलेको अडान कायमै, खाण र श्रेष्ठ काठमाडौं फर्किए 

काठमाडौं, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरका लागि बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका छन्। 

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहालले उम्मेदवारी दिएकी छन्। केन्द्रले स्थानीय मतदाता र कार्यकर्ताको भावनाविपरित भरतपुरको प्रमुख माओवादीलाई दिएको भन्दै पौडेलले बागी उम्मेदवारी दिएका थिए। 

उनको उम्मेदवारी फिर्ता गराउन दुई मन्त्री बुधबारदेखि नै चितवनमा थिए। लगातारको छलफलपछि पनि पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान काययै राखेपछि खाण र श्रेष्ठ काठमाडौं फर्किएका हुन्। 

काठमाडौं फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाणले उम्मेदवारी फिर्ता गर्ने सम्बन्धमा पौडेलले विवेकशील निर्णय लिनेमा आशावादी भएको बताएका छन्।  ‘हामीले पार्टीका तर्फबाट चितवनका साथीहरूसँग कुरा राख्यौं। उहाँहरूको कुराहरू पनि सुन्यौं। आशा छ उहाँहरूले विवेकसम्मत निर्णय गर्नुहुनेछ,’ गृहमन्त्री खाणले भने। 

बुधबारदेखि नै पौडेलेको उम्मेदवारी गराउन लगातार छलफल भएपनि पौडेलले आफ्नो कदममा दृढ रहने बताउँदै आएका छन् । उनले आफू उम्मेदवारी फिर्ता लिन नसक्ने ठाउँमा पुगिसकेको बताइसकेका छन्। पौडेलले अडान कायमै राखेपछि बिहीबार नै प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले समेत टेलिफोनमा संवाद गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको बताइएको छ। 

मनोनयन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ। शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले पहल गर्ने निर्णय गरेको छ। 

 

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्