साँझसम्म बागी उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय
आजको बैठकले साँझसम्म बागी उम्मेदवारी फिर्ता लिने र फिर्ता गराउन सम्बन्धित दलले पहल गर्ने निर्णय गरेको छ। त्यस्तै गठबन्धनबाहेकका दलसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय समेत भएको छ।
काठमाडौं, वैशाख १६ : सत्ता गठबन्धनले सहमतिविपरीतका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ।
शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले बागी उम्मेदवारी दिएका व्यक्तिहरलाई उम्मेदवारी फिर्ता गर्न अन्तिमपटक आग्रह गरेको हो । यसअघिको बैठकले पनि गठबन्धनको साझा उम्मेदवारीविरुद्ध गठबन्धनकै दलले दिएको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो।
आजको बैठकले साँझसम्म बागी उम्मेदवारी फिर्ता लिने र फिर्ता गराउन सम्बन्धित दलले पहल गर्ने निर्णय गरेको छ। त्यस्तै गठबन्धनबाहेकका दलसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय समेत भएको छ।
पाँचदल बाहेक अन्य दलसँग गरिएको तालमेल खारेज नगरिए सम्बन्धित दलले सम्बन्धित उम्मेदवारलाई कारवाही गर्ने निर्णय भएको छ।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार