Kathmandu Press

वैशाख २३ गते गठबन्धनले काठमाडौंमा चुनावी सभा गर्ने 

काठमाडौं, वैशाख १६ : सत्ता गठबन्धनले वैशाख २३ गते काठमार्डौमा चुनावी सभा गर्ने भएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय तह निर्वाचन...
वैशाख २३ गते गठबन्धनले काठमाडौंमा चुनावी सभा गर्ने 

काठमाडौं, वैशाख १६ : सत्ता गठबन्धनले वैशाख २३ गते काठमार्डौमा चुनावी सभा गर्ने भएको छ। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय तह निर्वाचन तयारी र अनुगमन संयन्त्रको बैठकले यसअघि सातै प्रदेशमा गर्ने भनिएको चुनावी सभा संसोधन गर्ने निर्णय गरेको हो। 

बैठकपछि विज्ञप्ति जारी गर्दै गठबन्धनले काठमाडौंमा चुनावी सभा गर्ने जानकारी दिइएको छ। चुनावी सभालाई गठबन्धन दलका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

संयन्त्रले स्थानीय तहमा आवश्यकताका अनुसार गठबन्धनका दलहरुले चुनावी सभा गर्न सक्ने बताएको छ। 

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्