Kathmandu Press

बालुवाटारमा गठबन्धनको बैठक, बागी उम्मेदवारीबारे निर्णय लिइने

काठमाडौं, वैशाख १६ : पाँच दलीय गठबन्धनको साझा उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको छ। शुक्रबार बिहान साढे १० बजेपछि...
बालुवाटारमा गठबन्धनको बैठक, बागी उम्मेदवारीबारे निर्णय लिइने

काठमाडौं, वैशाख १६ : पाँच दलीय गठबन्धनको साझा उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको छ। शुक्रबार बिहान साढे १० बजेपछि बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो। 

बैठकमा गठबन्धनको साझा उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारबारे निर्णय गरिने बताइएको छ। यसअघि बसेको गठबन्धन दलको बैठकले देशभरका स्थानीय तहमा गठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता गर्ने निर्णय भएको थियो । सोही अनुसार दलहरुले आ–आफ्नो पार्टीका नेताहरुलाई परिचालन गरी बागी उम्मेदवारी फिर्ताको प्रयास गरेका थिए। 

तर बिहीबारसम्म उम्मेदवारी फिर्ता नभएपछि ठोस निर्णय लिनका लागि बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। मनोननय फिर्ता गर्न आज साँझ ५ बजेसम्मको समय तोकिएको छ। 

 

प्रकाशित मिति: ११:०१ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्