Kathmandu Press

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको चेतावनी, फिर्ता नलिए स्वतः निष्कासित

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएका हुन्।
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको चेतावनी, फिर्ता नलिए स्वतः निष्कासित

काठमाडौं, वैशाख १६ : नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारबाहेक बागी उठेका उम्मेदवारलाई मनोननय फिर्ता लिन चेतावनी दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएका हुन्। गठबन्धन भएका र नभएका स्थानीय तहमा समेत ठूलो संख्यामा बागी उम्मेदवारी परेपछि कांग्रेसले उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको हो। 

यसअघि बिहीबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए। उनले साथीको उम्मेदवारीलाई आफ्नै उम्मेदवारी सोँचेर आधिकारिक उम्मेदवारलाई जिताउन सक्रिय हुन अपिल गरेका थिए। 

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिन शुक्रबार साँझ ५ बजेसम्मको समय तोकेको छ। कांग्रेसले तोकिएको समयभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको हो। 

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संसोधन सहित) को धारा ४(१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने ब्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १०:१२ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्