Kathmandu Press

चाउचाउको बढि प्रयोगले बालबालिकामा गम्भीर स्वास्थ्य समस्याः विज्ञहरु

चाउचाउ बढि खानाले पेट भरे पनि पोषण नपुगेर लाखौ बालवालिकाको स्वास्थ्यमा प्रतिकुल असर परेको एक अध्ययनले देखाएको छ। 

चाउचाउ र त्यो प्रकृतिका जंकफुडको बढि प....

चाउचाउको बढि प्रयोगले बालबालिकामा गम्भीर स्वास्थ्य समस्याः विज्ञहरु

चाउचाउ बढि खानाले पेट भरे पनि पोषण नपुगेर लाखौ बालवालिकाको स्वास्थ्यमा प्रतिकुल असर परेको एक अध्ययनले देखाएको छ। 

चाउचाउ र त्यो प्रकृतिका जंकफुडको बढि प्रयोगले दक्षिणपूर्वी एसियाका लाखौं बालबालिका अस्वस्थ रूपमै पातलो वा मोटो भएको विज्ञहरूले औलाएका छन्। 
चाउचाउमा लिडको मात्रा बढि हुने गरेकाले पनि गम्भीर समस्या भविष्यमा पनि देख्न सकिने विज्ञहरुले बताएका छन् । नेपालमा पनि स्कुले बालवालिकादेखि कलेजका विद्यार्थीले नेपालमा पनि वाईवाई लगायतका विभिन्न चाउचाउ खाजाको रुपमा निकै प्रयोग गर्ने गर्छन। 

फिलिपिन्स, इन्डोनेसिया र मलेसियाको अर्थतन्त्र तिव्र रूपमा बढिरहेको छ। त्यहाँको जीवस्तरको मापदण्ड पनि उत्तिकै बढेको छ । तर कामकाजी आमाबाबु धेरैसँग सन्तानको स्वास्थ्य बिगार्ने खानेकुराबाट टाढा राख्ने समय, पैसाका साथै सचेतना छैन।

Hardik ivf

ती देशहरुमा पाँच वर्ष र त्योभन्दा कम उमेरका औसत ४० प्रतिशत बालबालिकालाई कुपोषण भएको छ। 

युनिसेफले भर्खेरै प्रकाशन गरेको एउटा प्रतिवेदन अनुसार यो विश्व औसतभन्दा उच्च हो। विश्वका तीनमध्ये एक बालबालिकालाई कुपोषण छ। यि मुलुक लगायत दक्षिण एसियाका मुलुकहरुमा चाउचाउ पनि कुपोषणको मुख्य समस्याको रुपमा देखिएको छ। 

“बालबालिका अघाउनु नै महत्त्वपूर्ण हो भन्ने आमाबाबुको बुझाइ छ। प्रोटिन, क्याल्सियम वा फाइबर पर्याप्त मात्रामा पुगेकोबारे उनीहरू खासै विचार गर्दैनन्,” इन्डोनेसियाका सार्वजिक स्वास्थ्य विज्ञ हसबुल्लाह थब्रानीले बताए।

बालबालिकालाई पुगेको क्षति अतितको अभाव र भावी गरिबीको पूर्वानुमान भएको युनिसेफले बताएको छ। आइरनको कमीले बालबालिकाको सिक्ने क्षमता ह्रास गर्छ। त्यसैगरि बच्चा जन्माउँदा वा जन्माए लगत्तै महिलाको ज्यान जाने जोखिम पनि हुन्छ।

समस्याको गम्भीरता बुझ्नलाई एउटा तथ्याङ्क हेर्न सकिन्छ। पोहोर साल इन्डोनेसियामा पाँच वर्षमुनिका दुई करोड ४४ लाख, फिलिपिन्समा एक करवड १० लाख र मलेसियामा २६ लाख बालबालिका भएको युनिसेफको तथ्याङ्कले देखाउँछ।

युनिसेफ एसियाको पोषण विशेषज्ञ मुनी मुतुङ्गाले परम्परागत आहारको साटो सस्तो, सुलभ र सजिलै बनाउने सकिने “आधुनिक” खानालाई प्राथमिकता दिएकाले यस्तो भएको बताइन्।

“चाउचाउ सजिलो हुन्छ। सस्तो पनि हुन्छ। चाउचाउ बनाउनलाई छिटो पनि हुन्छ र सन्तुलित आहारको एउटा सजिलो विकल्प बनेको छ,” उनले भनिन्।

गरिबी नै मुख्य कारण

मनिलामा एक पोका चाउचाउ थोरैमा २३ अमेरिकी सेन्टसम्म पर्छ। त्यसमा आइरन र प्रोटिनजस्ता अत्त्यावश्यक पौष्टिक तत्त्वको कमी हुन्छ। मुतुङ्गाले बताए अनुसार त्यसमा बोसो र नुनको मात्रा अत्यधिक हुन्छ।

वर्ल्ड इन्स्ट्यान्ट नुडल्स एसोसिएसनले जनाए अनुसार चीनपछि विश्वको सबैभन्दा ठूलो चाउचाउ उत्पादक इन्डोनेसिया हो। सन् २०१८ मा इन्डोनेसयाले १२।५ अर्ब प्याकेट चाउचाउ उत्पादन गरेको थियो। भारत र जापानले संयुक्त रूपमा खपत गर्नेभन्दा यो बढि परिमाण हो।

रोजगारको खोजिमा ग्रामिण जनसंख्या शहर बसाइँ सर्ने क्रममा फलफुल, तरकारी, अण्डा, दुग्ध उत्पादन, माछामासुजस्ता पौष्टिक तत्त्वहरू हराउँदै गएको युनिसेफको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व बैंकको मापदण्ड अनुसार फिलिपिन्स, इन्डोनेसिया र मलेसियालाई मध्यम आय भएका देश मानिए पनि दशौं लाख मानिसहरू जीविका धान्नलाई संघर्षरत छन्।

“गरिबी नै मुख्य मुद्दा हो,” मलेसियाका सार्वजनिक स्वास्थ्य विज्ञ टि। जयबालनले बताए। आमाबाबु कामकाजी हुने परिवारलाई छिटो बन्ने तयारी खानेकुरा आवश्यक हुने उनले बताए।

मलेसियाको न्युन आय भएका घरधुरीको मुख्य आहार धेरैजसो तयारी चाउचाउ, सुठुनी र भटमासमा आधारित उत्पादन हुने उनले बताए। चिनी धेरै भएका बिस्कुट, पेय पदार्थ र फास्टफुडले ती देशमा समस्या उब्जाएको विज्ञहरूले बताएका छन्। दक्षिणपूर्वी एसियाका मानिसहरूको दैनिक जीवन र स्वास्थ्यमा तयारी चाउचाउले पारेको प्रभाव उल्ट्याउन सरकारले नै हस्तक्षेप गर्नुपर्ने उनीहरू बताउँछन्।

“प्रवर्द्धन र विज्ञापन अत्यन्तै आक्रमक छ,” थब्रानीले बताइन्, “वितरण पनि विशाल छ। तयारी चाउचाउ जहाँ पनि पाइन्छ। सबैभन्दा दुर्गम क्षेत्रमा पनि पाइन्छ।”
 

प्रकाशित मिति: ०७:१८ बजे, शनिबार, कात्तिक २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्