चेल्सी र युनाइटेडले खेले बराबरी
काठमाडाैं, फागुन १६ : इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र युनाइटेडले...
काठमाडाैं, फागुन १६ : इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीका मार्कस ओलन्सो र युनाइडेलका क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।
६०औं मिनेटमा ओदन्सोले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। काई हाभर्टज हेडिङमार्फत दिएको पासमा उनले भलीमाफृत गोल गरेका थिए । तर, त्यसको दुई मिनेटपछि नै युनाइटेडले बराबरी गोल फर्कायो । ६२औं रोनाल्डोले नेमान्जा माटिचको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
बराबरीसँगै चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ। युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
प्रकाशित मिति: ०९:२७ बजे, शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











