गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुने
काठमाडौं, वैशाख १६ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ हुँदैछ।न्यायाधीशहरू सपना प्रधान मल्ल र...
काठमाडौं, वैशाख १६ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ हुँदैछ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ सुरु भए पनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो। बिहीबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दै’मा राखिएको हो।
गत चैत २५ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी निलम्बनमा परेका थिए।
गभर्नर अधिकारीले स्पष्टीकरणको अवसर नै नदिई आफूमाथि छानबिन समिति गठन गरेको भन्दै निर्णय खारेजी आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
प्रकाशित मिति: ०८:३७ बजे, शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











