कोलकातालाई ४ विकेटले हरायो दिल्लीले
काठमाडौं, वैशाख १६ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । वाङ्खेडे स्टेडियम मुम्बईमा गएराति भएको...
काठमाडौं, वैशाख १६ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । वाङ्खेडे स्टेडियम मुम्बईमा गएराति भएको खेलमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको हो ।
कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो। उसका डेविड वार्नरले ४२ र अक्षर पटेलले २४, ललित यादवले २२ रन जोडे। रोभमान पवेल ३३ रनमा अविजित रहे।
पृथ्वी श पहिलो बलमै आउट भएका थिए। यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । जितसँगै दिल्ली आठ खेलबाट ८ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । कोलकातो ९ खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।
प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











