आज उम्मेदवारी फिर्ता लिन सकिने, आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशन
काठमाडौं, वैशाख १६ : निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत...
काठमाडौं, वैशाख १६ : निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो ।
आज उमेदवारी फिर्ता लिन चाहने उमेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो । आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनयन दर्ता भएको छ ।
अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।











