Kathmandu Press

न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा

लमजुङ, बैशाख १५ : न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन...
न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा

लमजुङ, बैशाख १५ : न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि उक्त प्रसारण लाइनमा जोडिएको हो 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार नेपाल विद्युत् प्राधिकरणद्वारा पाँच दिनदेखि बिजुली उत्पादन परीक्षण गरेसँगै पाँच दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा आयोजनाको बिजुली जोडिएको छ। प्राधिकरणले गत ६ गते मङ्गलबारदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गरेको थियो। सफल परीक्षण भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिन सफल भएको छ। नदीमा पर्याप्त पानी नहुँदा दैनिक १० देखि १५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख अमात्यको भनाइ छ।

प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्