कांग्रेसको प्रदेश पार्टी कार्यालय तोडफोड, २३ जना पक्राउ
काठमाडौं, वैशाख १५ : कांग्रेसको प्रदेश पार्टी कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ...
काठमाडौं, वैशाख १५ : कांग्रेसको प्रदेश पार्टी कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निर्वाचनको विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले कार्यालयमै ढुंगामुढा गरेका थिए ।
पार्टी कार्यालयका अनुसार सभापतिको कुर्ची, टेवल लगायतका सामग्री र झ्यालका सिसा तोडफोड गरिएको छ । वडा तहमा भागबन्डा नमिलेको भन्दै उनीहरुले नाराबाजीसहित अवरोध गरेका हुन् ।
प्रकाशित मिति: १९:३२ बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











