‘मी टु’ सम्बन्धी प्रश्नमा जंगिएपछि विवादमा तानिए स्थापित
काठमाडाैं, वैशाख १५ : काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका केशव स्थापित आफ्नै बोलीका कारण विवादमा तानिएका छन्।बिहीबार काठमाडौंमा मेयरमा उठेका प्रमुख तथा...
काठमाडाैं, वैशाख १५ : काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका केशव स्थापित आफ्नै बोलीका कारण विवादमा तानिएका छन्।
बिहीबार काठमाडौंमा मेयरमा उठेका प्रमुख तथा उपप्रमुखहरुसँगको अन्तरक्रियामा एक सहभागीले ‘मी टु’ सम्बन्धी अर्थात् यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधेको र त्यसको जवाफ संयमित रुपमा दिनुको सट्टा एक्कासि जंगिएर उनी प्रश्नकर्तामाथि नै खनिएका थिए। कार्यक्रममा एक सहभागी स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधेकी थिइन्।
उनले आफूले कुनै दुर्व्यवहार नगरेको दाबी गरे। उनले प्रश्न सोध्नेप्रति नै टिप्प्णी गर्दै प्रमाण मागेका थिए। महिला आयोग, अदालत, कानुन भएको हुँदा आफूमाथि त्यस्तो आरेप नलगाउन उनले चेतावनी दिए।
महिलाले झम्टिन हुने, जे गर्न पनि हुने भन्दै उनी गैरजिम्मेवार उत्तर दिन तम्सिएका थिए। प्रश्नकर्ता महिला पनि सवालजवाफमा उत्रिन खोजेपछि अरुले उनलाई सम्झाएका थिए।











