Kathmandu Press

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौं, वैशाख १५ : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से...
नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौं, वैशाख १५ : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ।

शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेर दुई हजार ३५६.१७ मा ओर्लेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अङ्कले ओरालो लागेर ४५०.२४ मा सीमित भएको छ। कूल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर रु एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ मूल्यमा खरिद बिक्री भएको छ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख ३० हजार बराबर सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ। नेप्सेका अनुसार बैंकिङ ६.३८, व्यापार ३२.०७, होटल तथा पर्यटन २६.३६, विकास बैंक ७५.४४, जलविद्युत् २३.०४, वित्त ३०.१३, निर्जीवन बीमा ४१.३३, उत्पादन ७४.९९, अन्य २६.८३, लघुवित्त ३८.०३, जीवन बीमा १५०.७४, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.९५ अङ्कले ओरालो लागेको छ।

कारोबारका आधारमा ग्लोबल आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु पाँच करोड २५ लाख ४९ लाख ६०३ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरी रु पाँच करोड तीन लाख ६१ हजार २४२, एनसिसी बैंक रु चार करोड ९७ लाख आठ हजार ६२६, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ७३ लाख ३४ हजार ६३४ र नबिल बैंक रु चार करोड दुई लाख चार हजार २६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार घटेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो। राधी विद्युत् कम्पनी ४.१७, माउण्टेन इनर्जी नेपाल ३.२९, नबिल ब्यालेन्स फण्ड तेस्रो ३.२५ र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.८८ प्रतिशतले कमाए। गुह्यश्वरी मर्चेन्ट बैंक ३.९८, गणपति लघुवित्त ३.८३, माहुली लघुवित्त ३.७३, पाँचथर पावर कम्पनी ३.७१ र किसान लघुवित्तका लगानीकर्ताले ३.६७ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्