Kathmandu Press

थप १५ जनामा कोरोना संक्रमण

थप १५ जनामा कोरोना संक्रमण

काठमाडाैं, वैशाख १५ : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

त्यस्तै ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन।

त्यस्तै थप १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन्। हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्