Kathmandu Press

दहचोकमा नबिल बैंकको शाखा विस्तार

काठमाडाैं, वैशाख १५ : पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको...
दहचोकमा नबिल बैंकको शाखा विस्तार

काठमाडाैं, वैशाख १५ : पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ। यो सँगै बैंकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ। विसं २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पुर्‍याउने लक्ष्य राखेको छ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा आज यहाँ आयोजित कार्यक्रममा शाखा शुभारम्भ गरे।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैँकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिनुभयो। उनले भने, 'विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ। ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ। सेवाग्राहीको पहिलो रोजाइको बैंक बनाउने अभियानमा लागेका छौं।'

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाइएको छ। चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताए। उनले भने, 'बैंकले गुणस्तरीय वित्तीय सेवा प्रवाह गरेमा सेवाग्राहीको मन जित्न सक्छ। यसका लागि व्यवस्थापन पक्षले ध्यान दिनुपर्छ।'

बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबी गरे। उनले भने, 'बैंकले विदेशमा भएको तर नेपालमा सेवा नभित्रिसकेको अवस्थामा क्रेडिट कार्डका व्यवस्थालगायत आधुनिक वित्तीय सेवा भित्र्याउन सफल भएको छ।'

कार्यक्रममा बैँकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैँकले सरल र सहज रुपमा सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराउने जानकारी दिए।

यसैगरी कलंकी शाखा प्रमुख राजदीप उप्रेतीले सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैंकको दहचोक शाखा विस्तार गरिएको बताए। कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्