मदन भण्डारी प्रतिष्ठानका उपकुलपति जोशी निलम्बनमा
हेटाैंडा, वैशाख १५ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी निलम्बनमा परेका छन्।२०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा...
हेटाैंडा, वैशाख १५ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी निलम्बनमा परेका छन्।
२०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्ति भएका उनलाई पदीय जिम्मेवारी पूरा नगरेको आरोप लगाएर बागमती प्रदेश सरकारले छानबिन गर्न निलम्बन गरेको जनाइएको छ।
प्रतिष्ठानका एक चौथाइ सदस्यले डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेको भन्दै लिखित निवेदन दिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकारी दिए।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि समिति बनेलगत्तै उपकुलपति प्राध्यापक डा. जोशी निलम्बनमा परेका हुन्।
प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












