Kathmandu Press

स्याङ्जाका तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

स्याङ्जा, वैशाख १५ : स्याङ्जामा तीन पालिका प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ।आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी...
स्याङ्जाका तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

स्याङ्जा, वैशाख १५ : स्याङ्जामा तीन पालिका प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

Hardik ivf

पुतलीबजार नगर प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकीको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका हुन्।

एमालेबाट पुतलीबजार प्रमुखमा उम्मेदवारी दिनुभएकी क्षेत्री यसअघिको निर्वाचनमा पनि नगरप्रमुख थिइन्। अर्जुनचौपारीको अध्यक्षमा उम्मेदवार दिएकी गुरुङ यसअघिको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा विजयी बनेकी थिइन्। कालीगण्डकीको अध्यक्षमा उम्मेदवारी दिएकी राना कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्।

यसअघिको निर्वाचनमा जिल्लाको पुतलीबजार नगरपालिकामा एमालेबाट क्षेत्रीले उम्मेदवारी दिई विजयी भएको थियो भने यसपटकको निर्वाचनमा अन्य दुई पालिका प्रमुखमा महिला थपिएका छन्। पालिका उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यमा पनि महिलाको उत्साहजनक उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। ५ नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा ९७ वडा छन्।

कूल ५०७ जनाका लागि जिल्लामा तेब्बर बढीको उम्मेदवारी परेको छ। विभिन्न राजनीतिक दलबाट जिल्लामा एक हजार ५४७ जनाको उम्मेदवारी परेको छ। यसमा पालिका प्रमुख/अध्यक्षमा ६७, उपप्रमुख/उपाध्यक्षमा ५०, वडाध्यक्षमा ३५१, खुला सदस्य ५८०, महिला सदस्य २६५ र दलित महिला सदस्य २३४ गरी कूल एक हजार ५४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो।

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्