Kathmandu Press

जुम्लामा प्रमुख पदमा दुई महिलाकाे उम्मेदवारी

जुम्ला, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत ९समाजवादी० पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन्।उपप्रमुखमा सोही पार्टीले...
जुम्लामा प्रमुख पदमा दुई महिलाकाे उम्मेदवारी

जुम्ला, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत ९समाजवादी० पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन्।

उपप्रमुखमा सोही पार्टीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यस्तै एमाले जुम्लाले गुठीचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ। झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएको बताए।

Hardik ivf

चन्दननाथमा २६८ जनाको उम्मेदवारी

जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २६८ जनाको उम्मेदवारी परेको छ। नगरप्रमुख, उप्रमुख, वडाध्यक्ष, दलित सदस्य, महिला सदस्य र खुला सदस्य गरी ५२ पदका लागि २६८ जनामध्ये ५४ जना महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

एक नगरप्रमुखका लागि ९ जनाले उम्मेदवारी दिएका छन्। एक नगर उपप्रमुखका लागि ८ जनामध्ये ६ जना महिलाले उम्मेदवारी दर्ता गरेकाछन्  । यस्तै नगरपालिका १० वडामा विभाजित छ। १० वडाध्यक्षको पदका लागि ७० जनामध्ये ३ जना महिलाको उम्मदवारी परेको छ। नगरपालिकाको १० वडामध्ये सबै भन्दा बढी १० नम्बर वडामा १० जनाको उम्मेदवारी परेको छ। 

सबै भन्दा कम ६ नम्बर वडामा चार जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ। सदस्यमा १० वडाबाट ९४ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा ४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक मुख्य निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिए। 

तिलामा १९९ जनाको उम्मेदवारी

जुम्लाको तिला गाउँपालिकामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो। गाउँपालिकाको निर्वाचन कार्यालयका अनुसार पालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ।

वडाध्यक्षमा ४७, महिला वडा सदस्यमा ३८, दलित महिला सदस्यमा २५ र खुला सदस्यमा ७५ जनाको उम्मेदवारी परेको तिला गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट रतननाथ योगी विजयी भएका थियो। २२ मतको अन्तरले नेपा ९माओवादी केन्द्र ०का जङगबहादुर बस्नेत पराजय हुनुभएको थियो।

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्